छठ पर्वको लोकप्रियता बढ्दै

संजय कुशवाहा / नवलपरासी ९ कार्तिक

नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ ।
तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि सनिवारदेखि सुरु भई मंगलबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा नवलपरासीको सुनवल नगरपालिका ,बर्दघाट नगरपालिका ,रामग्राम नगरपालिका ,सरावल गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका ,सुस्ता गाउँपालिका ,प्रतापपुर गाउँपालिका लगायतका क्षेत्रहरूमा रहेको ताल,तलैया,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिन्छ ।

कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिनदेखि छठ पर्व आरम्भ भई कार्तिक मास शुक्ल पक्षको षष्ठीका दिन यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कार्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
धार्मिक सदभावको रूपका स्थापित हुदै गरेको छठ पर्व हिन्दु समुदाय मात्र नभई मुस्लिम लगाएतहरूको सहभागीता रहेको हुदा बिगतको दिन भन्दा छठ पर्व हरेक वर्ष वृद्धि हुँदै गएको देखिन्छ ।
यो पर्वमा हरेक समुदायको चासो बढदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ ।
जिल्लाका विभिन्न जात जातीहरू समेत छठ पर्व मनाउने गरेका छन । यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत भइरहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot