राष्ट्रिय दैनिक / नवलपरासी,८ कार्तिक आस्थाको महान पर्व छठको अवसरमा सरावल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हेयात खाँ धुनियाले आफ्ना वडाबासीका लागि टेन्ट, लाइट र सजावटको सम्पूर्ण व्यवस्था आफ्नै व्यक्तिगत खर्चमा गर्नुभएको छ। वडा अन्तर्गतका गणेशपुर, सानो भुजहवा, ठूलो भुजहवा, बरगदवा (दुई टोल) र मोजरहिया लगायतका ठाउँमा छठ पर्वका लागि आवश्यक तयारी सामग्रीहरू—टेन्ट, बत्ती र पूजास्थलको सजावट—अध्यक्ष खाँले स्वयंको पहलमा उपलब्ध गराउनुभएको हो। वडाबासीहरूका अनुसार अध्यक्ष खाँको यो सहयोगले छठ पर्वमा श्रद्धालुहरूलाई पूजा–अर्चना गर्न सहज वातावरण निर्माण भएको छ। जनताको सेवामा निरन्तर सक्रिय रहेका अध्यक्ष खाँले यसअघि पनि सडक मर्मत, खानेपानी, विद्युत् विस्तार, धार्मिक स्थल व्यवस्थापन लगायतका जनसेवामुखी कार्यहरू गर्दै आइरहनुभएको छ। छठ पर्व सूर्य भगवानप्रति आस्था र प्रकृतिप्रतिको श्रद्धाको प्रतीक हो। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा श्रद्धालुहरूले नहायखाय, खरना, संध्याअर्घ्य र बिहानको अर्घ्य गरी चार दिनसम्म सूर्य देवताको आराधना गर्छन्। विश्वास गरिन्छ—छठी मइया र सूर्य देवताको पूजा गर्ने भक्तजनको मनोकामना पूरा हुन्छ र घर–परिवारमा सुख, समृद्धि र आरोग्यता प्राप्त हुन्छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।