Rashtriya Dainik

“आफ्नै यहाँ घरको हुन्न” — मुक्ति तिवारीको मन छुने गजल

राष्ट्रिय दैनिक / नवलपरासी ,७ कार्तिक

खास्टो जस्तो बर्को हुन्न आफ्नो जस्तो अर्को हुन्न !
आफ्नो भन्नेपो कसलाई बरु,आफ्नै यहाँ घरको हुन्न ।।

स्वाद अनुसारको सम्बन्ध कति चाख्छौ दिनदिनै
हो बिलिनो छु म,तिमिले चाहे जस्तो चर्को हुन्न ।।

कहिलेकाहीँ यसरी पनि उजाडिन्छ्न सपनाहरु
जसरी बिधवाको सिउँदोमा सिन्दुरको धर्को हुन्न ।

नसुनाउ मधुर संगित घरी घरी यो घायल दिललाई
बानी परेको छ,एम्बुलेन्सका आवाज बरु झर्को हुन्न

तिमिलाई सम्झिएर एक बट्टा चुरोट सिध्याउँदा पनी
लागीरहन्छ तलतल सधैं,यी यादहरु एक सर्को हुन्न ।

✍️ मुक्ति तिवारी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित