Rashtriya Dainik

बेमौसमी तरकारी खेती तालिम सम्पन्न

 उमेश बि.क / नवलपरासी ,११ फाल्गुन

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ९ स्वाठीमा कृषकहरुलाई लक्षित गरि सञ्चालन गरिएकाे तिन दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ ।

अगुवा कृषकहरुको क्षमता विकासका लागी संचालन गरिएको तिन दिने बेमौसमि तरकारी खेती तालिमले कृषकहरुको क्षमता बृद्धिको महत्वपुर्ण सावित भएको कृषकहरुले बताएका छन् ।

काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना अन्तर्गत स्थानीय पहल परियोजनाबाट बेमौसमी तरकारी खेती तालिम दिइएकाे हाे ।

२२ जना सहभागीता रहेको तालिमकाे सहजिकरण सुनवल नगरपालिका कृषि बिकास अधिकृत सन्ताेष कण्डेलले गर्नुभएको दिपकला चाैधरीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित