“सरावलका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा पत्रकारले भूमिका खेल्नुपर्छ” — योजना शाखा प्रमुख ईश्वरीप्रसाद खनाल

राष्ट्रिय दैनिक /नवलपरासी ,५ कार्तिक

सरावल गाउँपालिकाका योजना शाखा प्रमुख ईश्वरीप्रसाद खनालले पालिकाभित्रका पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार र पहिचान निर्माणमा पत्रकारहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ।

सरावल प्रेस क्लबद्वारा आयाेजित शुभ दिपावली तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “सरावलमा धेरै सम्भावना बोकेका पर्यटकीय गन्तव्य छन्। ती ठाउँहरूको प्रबर्द्धन, संरक्षण र प्रचारमा पत्रकारहरूले अग्रसर हुनुपर्छ।”

उहाँका अनुसार पत्रकारिताको माध्यमबाट स्थानीय संस्कृति, धार्मिक स्थल र प्राकृतिक सौन्दर्य बाहिर ल्याउन सके सरावललाई आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकसित गर्न सकिन्छ।

खनालले थप भन्नुभयो, “पत्रकारले विकासका सकारात्मक पक्षलाई पनि प्राथमिकता दिनुपर्छ। पालिकाले गर्ने योजना र उपलब्धिलाई जनतासम्म पुर्‍याउने पुल पत्रकार नै हुन्।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot