Rashtriya Dainik

“पत्रकारले सत्य र निष्पक्ष समाचार लेख्नुपर्छ” — सरावल अध्यक्ष चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी,३ कार्तिक

सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले पत्रकारलाई सत्य, तथ्य र निष्पक्ष समाचार लेख्न आग्रह गरेका छन्।

सरावल प्रेस क्लबद्वारा आयोजित शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, “पत्रकारिताको मूल धर्म सत्य र निष्पक्षता हो। झुटा र फेक न्युजबाट टाढा रहनुपर्छ।”

उनले पालिकामा भइरहेको विकास–निर्माण कार्यको प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, “पत्रकारले जनताका हितका विषय उठाउनुपर्छ, कसैको चरित्र हत्या वा बार्गेनिङ पत्रकारिता गर्नु हुँदैन।”

अध्यक्ष चौधरीले सरावल गाउँपालिकाले सधैं सकारात्मक र जिम्मेवार पत्रकारितालाई साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैमा शुभ दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित