अमृता सुनार/नवलपरासी ,३ कात्तिक मुनाल बचत तथा ऋण सहकारी संस्था लि.सुनवल ४ नवलपरासीको १९ औ वार्षिक साधारण सभा एवम ७ औ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविन कुमार पोखरेलको अध्यक्षता तथा जेष्ठ शेयर सदस्य केशवनाथ कवर र विष्णु माया चापागाईको आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०६३ साल चैत २१ मा विधिवत रुपमा स्थापना गरी ३१ जना सदस्यहरुबाट रु १५ हजार ५ सय शेयर पुजी संकलन गरी सुरु गरिएको सहकारीमा हाल कुल पुजी १८ करोड ७१ लाख ३६ हजार १ सय ३६ रुपैया पुगेको बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा रु ५० लाख ४९ हजार २ सय २७ शुद्ध नाफा गरेको छ । यस्तै खेम प्रसाद तिवारीले सचिवको प्रतिवेदन र लेखा संयोजक विक्रम भण्डारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संचालक सदस्य कृष्ण प्रसाद लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सल्लाहकार सदस्य सुनिल लामिछानेले गर्नुभएको कार्यक्रममा ७ जनालाई सम्मान गरिएको थियो । यस्तै आजै सम्पन्न अधिवेसनबाट कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समिति चयन गरिएको छ । जस्को सचिवमा यमनाथ पौडेल, सदस्यहरुमा क्रमश; खेम प्रसाद पौडेल,सन्तोष पोखरेल,सन्तोष भट्टराई, प्रतिक्षा कार्की, प्रेम कण्डेल र लेखा सुपरिवेक्षण समिति संयोजकमा विक्रम भण्डारी र सदस्यहरुमा लक्ष्मण पोखरेल, विनिता गुरुङ्ग चयन हुनभएको सचिव यमनाथ पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।