सुनवलमा बालमैत्री स्थानीय शासनको दिगोपनाका लागि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अमृता सुनार/ नवलपरासी

नेपालीहरूको महान चाड शुभ दीपावली, छठ पर्व तथा नेपाल संवतलाई लक्षित गर्दै सुनवल नगरपालिकामा एक विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपालकै पहिलो बालमैत्री स्थानीय शासनका रूपमा मानिएको सुनवल नगरपालिकामा नगर बालसंजालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नगर बाल संजालका अध्यक्ष कृपा घिमिरेको अध्यक्षता तथा सुनवल नगरउपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरउपप्रमुख दुबले बालमैत्री नगरको रूपमा सुनवलले प्राप्त गरेको मान्यता दिगो बनाउन सबै पक्षले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आजका बालबालिका भोलिका देशका कर्णधार भएकाले उनीहरूको अधिकार र अवसर सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, नगर प्रबक्ता कृष्ण प्रसाद बगाले, वडा नं १ वडा अध्यक्ष मन बहादुर थापा मगर, वडा नं ९ का अध्यक्ष बिरबल चौधरी, कार्यपालिका सदस्य बिनोद टमटा, सदस्य जुठी माया रेगामी, सीता तिमिल्सिना, महिला बिकास शाखा प्रमुख केशरी गैरे, बालबालिका शाखा प्रमुख सरिता शर्मा, नगरबाल संजाल सदस्य दीपा थापा लगाएतले शुभकामना दिनुभएको थियो ।

नगर बाल संजालका सदस्य दिपा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव कृयाल घिमिरेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot