पर्सा ,३० असाेज पर्सा जिल्लाको धोबनी गाउँपालिका–५ स्थित सडकछेउको नहरमा आज बिहान करिब २५ वर्षको एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय बासिन्दाले बिहानै बाटो हुँदै जाँदै गर्दा नहरभित्र युवकको शव देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शवलाई नहरबाट निकालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार शवलाई आवश्यक प्रक्रिया पूरा गरी नारायणी अस्पताल वीरगञ्जको शवगृहमा राखिएको छ। हाल मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ताले जानकारी दिनुभयो। स्थानीय बासिन्दाले उक्त युवकलाई आसपासका बस्तीका मानिसले नपहिचानेको बताएको प्रहरी स्रोतले जनाएको छ। नहरमा कसरी र किन युवकको मृत्यु भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।