Rashtriya Dainik

सर्वोच्चले गरेको फैसलाको पक्षमा नवलपरासीमा नेपाली काङ्ग्रेसद्वारा दीप प्रज्वालन

नवलपरासी / फागुन ११

सर्वोच्चले गरेको फैसलाको पक्षमा नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीद्वारा दीप प्रज्वालन गरिएको छ।

सदरमुकाम परासीकाे बुद्धचाैकमा नेपाली काग्रेस रामग्राम नगर कार्यसमितिद्वारा पटा सहित मैनवत्ति बालि दीप प्रज्वालन गरिएको हाे।


नेपाली काग्रेस रामग्राम नगरकार्य समिति शिरधर वस्यालको अध्यक्षता तथा नेपाली काग्रेस जिल्ला उप-सभापति अनिल गोैडकाे प्रमुख अतिथ्यतामा भएको दीप प्रज्वालनमा लुम्बिनी प्रदेश प्रदेश सभा सदस्य वैजनाथ जैसवाल ,काङ्ग्रेस नेता राधेश्याम पाठक,राजाराम कुश्वाहा,चन्द्रिका अग्रहरी मुकेश रञ्जितकार,पलकधारी गुप्ता,बसन्त पराजुली,यार मोहम्मद खान,चन्द्र प्रकास गुप्ता विद्या सागर तिवारी ,बसन्त पराजुली,विकास घिमिरे,ईमामुल अली लगायतले अाज जनताको जित भएको बताउदै सम्माननिय राष्ट्रपति पूर्व राष्ट्रपति डा.रामबरण यादवसंग टिउसन लिन अाग्रह गरे। आदिबासि,जनजाति ,मधेशी ,मुस्लिमकाे हकअधिकार अब नेपाली काग्रेसलेे निकास दिन सक्ने ठाेकुवा गर्दै नेपाली काग्रेसले मात्र घरघरमा राेजगारी दिने प्रतिबद्धता समेत ब्यक्त गरेका हुन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित