अमृता सुनार/नवलपरासी,२७ असोज सयपत्री बचत तथा ऋण सहकारी संस्था लिं को २५ औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बन्धु अर्यालको अध्यक्षता एवम लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वि.स २०५७ साल भाद्र ३१ गते स्थापना भएको संस्थामा शेयर सदस्य ३ हजार ४ सय ५१ जना रहेका छन्। संस्थाको शेयर रकम रु ४ करोड ५७ लाख ९२ हजार ३ सय रुपैया रहेको छ भने कुल वचत रकम ४० करोड ६६ लाख ६६ हजार ९ सय ४१ रहेको संस्थाको शुुद्ध नाफा (कर अघिको) १ करोड २१ लाख ५६ हजार ४ सय ९६ रुपैयाँ रहेको संस्थाका सचिव मुरलीधर उपाध्यायको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाको २५ औं बार्षिक साधारण सभा अध्यक्षको प्रतिवदेन अध्यक्ष कृष्ण बन्धु अर्याल आ.ब.०८१/०८२ को प्रगति प्रतिवेदन तथा चालु आ.ब. ०८२/०८३ को प्रस्तावित कार्यक्रम सचिव मुरालीधर उपाध्याय , गत आ.ब.को आर्थिक प्रतिवदेन र प्रस्तावित बजेट कोषाध्यक्ष भिमसिंह बि.क र लेखा समितिको प्रतिवेदन लेखासमितिका संयोजक विष्णु प्रसाद सुवेदीले प्रस्तुत गर्नु भएको थियो । साधारण सभामा प्रस्तुत भएका सवै प्रतिवेदन सर्वसम्मत पास भएका छन् । कार्यक्रममा एसईई र प्लस टु, स्नातक र स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ सदस्य, उत्कृष्ट ऋणी बचतकर्ता, कुशल व्यवस्थापक र मास्टर विधावारिधी हासिल गर्नेलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले शेयर सदस्यहरुले साधारण सभामा यातायात खर्च नदिदा धेरै गुनासो सुनिएको तर यातायात खर्च बात्र प्राथमिकतामा नराखी संस्थाको कारोबार ध्यानपुर्वक अध्ययन गरी सुझाव दिएमा संस्था अझै उत्कृष्ट हुने र राम्रो प्रतिफल प्राप्त हुने बताउनुभयो । उहाले सहकारीले आफना शेयर सदस्यहरुले आगामी दिनमा गर्दै गरेका योजनामा टेवा र भावी योजना सहयोग सहित रोजगारीको अवसर सिर्जना गर्ने तर्फ ध्यान दिनुपर्ने धाराणा व्यक्त गर्नुभयो । यस्तै संस्थाका अध्यक्ष कृष्णबन्धु अर्यालले हाल देशमा व्याप्त आर्थिक सन्दी साथै सहर केन्द्रित केही ठूला सहकारीहरुको बेथितीको बिच बाट गुजरिदै नागरिकहरुमा देखिएको नैराशिएता र सहकारीहरु प्रतिको घट्दो विश्वासलाई विस्तारै जागृत गराउदै संस्थालाई सफल सक्षम र सबैको विश्वास योग्य बनाउदै सबै सुचकहरुमा सदस्यहरुको उल्लेख्य सहभागी गराउदै आजको दिनसम्म आएको बताउनुभयो । सो अवसरमा संस्थाका पुर्व उपाध्यक्ष रमेश कर्मचार्य,सम्मानित व्यक्तित्व भरत भुसाल, संस्थाका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद पौडेल, पुर्वअध्यक्ष नारायण बहादुर थापा क्षेत्री, संस्थाका सल्लाहकार विष्णुप्रसाद पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष कमला थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव मुरलीधर उपाध्यायले गर्नुभएको कार्यक्रममा शेयर सदस्यहरुको लागी गोलाप्रथा द्धारा विभिन्न पुरुस्कारहरु प्रदान गरिएको संस्थाका व्यवस्थापक टिकाराम तिमिल्सिनाले बताउनुभयो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।