वनदेवी सामुदायिक वन उपभोक्ता समुहको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी , २७ असोज

वनदेवी सामुदायिक वन उपभोक्ता समुहको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०६४ सालमा वनदेवी सामुदायिक वन उपभोक्ता समुह गठन भएर २०७३ असार ३१ गते वन हस्तान्तरण भएको थियो।

समुहको कार्यक्षेत्र सुनवल नगरपालिकाको वडा नं १ शान्ति टोल , वडा नं ३ खैरेनी टोल आसामीटोल, राधाकृष्ण टोल र रामग्राम नगरपालिकाको वडा नं ९, जोकवार टोल, ललितपुर टोल र सन्तुपर टोल रहेको उक्त वनको क्षेत्रफल ७७.२७ हेक्टर रहेको छ ।

उक्त सामुदायिक वनबाट समुह दर्ता गर्दा ४ सय ३० घरधुरी कुल जनसंख्या २७ सय ८, महिला संख्या १३ सय र पुरुष संख्या १४ सय ८ रहेको र हाल वद्धि भई ५ सय २५ घरधुरी रहेको छ । आव २०८२/०८३ को अनुमानित आय २४ लाख २५ हजार ७ सय ८३ रहेको प्रतिवेदनमा जनाइएको छ ।

समूहका कार्यवहाक अध्यक्ष राम समुझ पासीको अध्यक्षता एवम डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु क्षेत्रीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुनवल सब डिभिजन कार्यालयका प्रमुख मरिज लामा, सुनवल वन महासंघका अध्यक्ष कर्ण बहादुर शेन, सुनवल वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, रामग्राम वडा नं ९ का वडाध्यक्ष भेषनारायण यादव लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकोे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!