कृष्णानगर/ कपिलवस्तु, असोज २६ कपिलवस्तु जिल्लाको कृष्णानगरमा आज एक कार्यक्रम बिच नगरप्रमुख रजत प्रताप शाहले हाइवे ह्याकर्स ऐसी बसको रिबन काटेर समुद्घाटन गरेका छन्। कृष्णानगर देखि काठमांडौं र काठमांडौं देखि कृष्णानगर संचालनमा आज देखि आउने हाइवे ह्याकर्सका प्रोपराइटर मोती उपाध्यायले बताए। पशि्चमांचल बस व्यवसायी संघमा दर्ता भइ आज देखि नाइटबस संचालनमा आएको पशि्चमांचल बस व्यवसायी संघ कृष्णानगरका प्रतिनिधि निर्मल पराजुलीले जानकारी दिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख शाहले आधुनिक बस संचालन गरेकोमा संचालक उपाध्यायलाई व्यवसायिक सफलताको शुभकामना दिदै चालिस सिट क्षमता भएको आधुनिक बस संचालनबाट यस क्षेत्रका जनतालाई काठमांडू आवत जावतमा सहज हुने विश्वास व्यक्त गरे। बस समुद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णानगर अध्यक्ष रितेश शर्मा ,जाबेद आलम खां, शाहिद खां, सशस्त्रका डिएसपी तुला बहादुर चौधरी, तोफेल खां, पिन्टु श्रीवास्तव, उपाध्यक्ष रविन्द्र गुप्ता लगायत विभिन्न बस व्यवसायी संघका प्रतिनिधि,होटल तथा पर्यटन व्यवसायी संघ कृष्णानगरका अध्यक्ष शिवा घिमिरे , स्थानीयहरुको उपस्थित रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।