कालिकामाई गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सुरु

राजन कुमार बानिया / पर्सा, २६ असोज

पर्सा र बारा जिल्लामा फैलिएको हैजा रोगको जोखिमलाई नियन्त्रण गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा विरुद्धको खोप अभियान सुरु गर्न लागेको छ। मन्त्रालयको निर्देशनअनुसार पर्साको कालिकामाई गाउँपालिकामा असोज २७ गते सोमबारदेखि अभियान प्रारम्भ हुने भएको छ।

खोप अभियान सञ्चालनअघि आवश्यक तयारीका रूपमा खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक र खोप कार्यकर्ताहरूको अभिमुखिकरण तथा तालिम कार्यक्रम असोज २५ र २६ गते सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जोगेन्द्र चौरसियाले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष राजमती देवीको प्रमुख आतिथ्यमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख चौरसियाले सोमबारदेखि सुरु हुने अभियानलाई सफल बनाउन सबै सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरे। उनले भने, “एक वर्षमाथिका कुनै पनि व्यक्तिले खोप नछुटोस्, सबैलाई घरघरमै जानकारी दिई सहभागी गराऔं।”

उनले हैजाको लक्षणबारे जानकारी दिंदै भने, “धोएको चामलको पानी जस्तो सेतो र पातलो दिशा देखिए हैजाको संकेत हुन सक्छ। सरसफाइमा ध्यान दिनु र उमालेको पानी मात्र पिउनु नै बच्ने उपाय हो।”

नेपाल सरकारले संचालन गर्न लागेको यो खोप अभियानबाट हैजाको संक्रमण रोकथाम र समुदायस्तरमा स्वास्थ्य सचेतना बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्वास्थ्य शाखा सहायक धिरज कुमार साह, स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot