Rashtriya Dainik

चौथो मेयर कप फुटबल प्रतियोगिता १३ गतेदेखि हुने

फागुन ११, नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा फागुन १३ गतेदेखि २५ गतेसम्म ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित चौथो मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सुनवल वडा नम्बर ६ बिसासय स्थित खेल मैदानमा हुने नगरस्तरिय फुटबल प्रतियोगिताबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल फुटबल सघ नवलपरासीका महासचिव तथा बिग बुद्ध समितिका सदस्य सुबिन्द्र कुवरले सुनवल नगरपालिकाका १३ वडाबाट ‘समुह ए’ र ‘ समुह बि’ गरि १३ टिम सहभागी हुने बताउनुभएको छ । कुवरका अनुसार प्रतियोगिताको बिजेता समुहले १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् भने उपबिजेता समुहले ६० हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । त्यस्तै सेमिफाइनलमा जाने २ समूहलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीले नगद ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताका संयोजक वडा नम्बर ६ का वडाध्यक्ष रामप्रसाद लामाले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भैसकेको जानकारी दिनुभयो ।

सुनवल नगरपालिकाले सो प्रतियोगिताको लागि १० लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह आयोजक बिग बुद्ध समितिले अन्य नपुग रकम सहयोग गर्ने छ । सुनवल नगरपालिकाले हरेक वर्ष सञ्चालन गर्ने मेयर कप फुटबलका बिजेता खेलाडीहरु ‘ए डिभिजन’ लेभलको प्रतियोगितासम्म सहभागी भैसकेका कारणले पनि यस प्रतियोगितालाई जिल्लामै महत्त्वपूर्ण प्रतियोगिताको रुपमा लिने गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित