Rashtriya Dainik

विश्व दृष्टि दिवसमा केडिया आँखा अस्पतालद्वारा भिस्वामा ४६ जनालाई निःशुल्क आँखाको सेवा

राजन कुमार बानिया /पर्सा, २३ असोज

विश्व दृष्टि दिवसको अवसरमा केडिया आँखा अस्पताल परवानिपुरले पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–५, भिस्वामा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ।

भिस्वास्थित केडिया आँखा उपचार केन्द्रमा सम्पन्न उक्त शिविरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दासहित ४६ जनाले निःशुल्क आँखाको परीक्षण गराएका छन्।

शिविरमा केडिया आँखा अस्पतालका डा. सन्तोष कुमार साह र बरुण तिवारीले रोगीहरूको आँखाको परीक्षण गरी निःशुल्क चस्मा र औषधि वितरण गरेका थिए।

डा. सन्तोष साहका अनुसार, शिविरमा जटिल समस्या भएका बिरामीलाई केडिया आँखा अस्पताल परवानिपुरमा उपचार गराउँदा विशेष छुटको व्यवस्था गरिएको छ।

सामाजिक जिम्मेवारी अन्तर्गत अस्पतालले ग्रामीण क्षेत्रमा नियमित रूपमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित