धानको उचित मूल्यको माग गर्दै नवलपरासीको किसानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

उमेश बि.क /नवलपरासी, २३ असोज

धानको उचित मूल्य सुनिश्चित गर्न नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का किसानहरूले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाएका छन्।

नेपालजस्तो कृषि प्रधान देशमा किसानले उत्पादन गरेको धानले देशलाई खाद्य आत्मनिर्भर बनाउन र अर्थतन्त्र सुदृढ गर्न ठूलो योगदान पुर्‍याउँदै आएको भए पनि किसानले सरकारले तोकेको दरअनुसार मूल्य पाउन नसकेको गुनासो गरेका छन्।

किसानहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ —

“नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मोटा धानको मूल्य प्रतिक्विन्टल रु. ३,४६३ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु. ३,६२८ तोके पनि ठूला व्यापारीहरूको मनोमानी र भारतीय धानको अवैध आयातका कारण किसानको पसिनाको अवमूल्यन भएको छ।”

ज्ञापनपत्रमार्फत किसानहरूले ५ दिनभित्र तोकिएको दरमा धान खरिद–बिक्री सुनिश्चित गर्न ठोस कदम चाल्न माग गरेका छन्। माग वेवास्ता भएमा भारतीय धानको आयात रोक्न आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन्।

किसानहरूले भनेका छन्, “कृषि व्यवसायलाई जीवनभरको आधार बनाएका कृषकहरू आज हतोत्साहित हुन थालेका छन्। सरकार र स्थानीय प्रशासनले तत्काल ध्यान नदिए किसानको भविष्य अन्धकारमय बन्न सक्छ।”

ज्ञापनपत्र बुझाउने कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, बर्दघाट नगरपालिका–७ का वडा अध्यक्ष धुर्ब बहादुर चौधरी, वडा नं. १३ का नर बहादुर चौधरी, वडा नं. ६ का रोहित थारु , वडा नं. ११ का फणेन्द्र थारु र सरावल उद्योग बाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे लगाएतका जनप्रतिनिधि तथा अगुवा कृषकहरूको विशेष उपस्थिति रहेको थियो।

किसानहरूले आगामी दिनमा निष्पक्ष मूल्य निर्धारण, भारतीय धानको नियन्त्रण र किसानको श्रमको सम्मान हुने नीतिगत व्यवस्था गर्न माग गरेका छन्।

यसैबीच नवलपरासीका केरा र धान उत्पादक किसानहरू हाल मलखादको अभाव र न्यून मूल्यको समस्या भोगिरहेका छन्। किसानहरूको भनाइमा, लगानीअनुसार मूल्य नपाउँदा उत्पादन र जीवन निर्वाह दुवै संकटमा परेको छ।

धान र केरा खेतीमा उच्च लागत लाग्ने भए पनि स्थानीय बजारमा मूल्य न्यून हुँदा किसानको मिहिनेत र लगानीको उचित मूल्यांकन हुन नसकेको उनीहरूको गुनासो छ।

नेपालमा धान मुख्य अन्नबाली हो। किसानको पसिनाको उचित मूल्य नपाउँदा कृषिप्रति निराशा बढ्नु दीर्घकालीन रूपमा राष्ट्रिय अर्थतन्त्रका लागि समेत चिन्ताजनक भएको कृषिविद्हरूको भनाइ छ।

किसानहरूको मागलाई सरकारले गम्भीरताका साथ सम्बोधन गर्नुपर्ने उनीहरूको जोड छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot