सुस्तामा नारायणीले गरेको कटान क्षेत्रको निरीक्षणमा मन्त्री कलवार

राष्ट्रिय दैनिक / नवलपरासी १९

लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले नारायणी नदीले कटान गरेको सुस्ता क्षेत्रको निरीक्षण गरेका छन्।
बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन आइतबार दिउँसो नवलपरासी पश्चिम सुस्ता पुगेका मन्त्री कलवार सुस्ता गाउँपालिका वडा नं.५ मा नारायणी नदिले गरेको कटानको निरीक्षण गरेका हुन् ।
कटान क्षत्रेको निरीक्षणपछि स्थानीयसँग कुरा गर्दै मन्त्री कलवारले कटान भएको क्षेत्रमा तत्काल तटबन्द गराउन उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री कुलमान घिसिङलाई सुस्ताको बाढी र कटानको बिषयमा पटकपटक फोनबाट अवगत गराई सुस्तामा भइरहेको कटान र ढुवान रोकथामका लागि आवश्यक पहल गर्नुपर्ने बताउनुभयो ।
उनले देशभर बाढी–पहिरो र कटानले ठूलो क्षति पुर्याएको भन्दै सतर्क रहन आग्रह समेत गरे छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!