Rashtriya Dainik

रुपन्देहीमा आमाले गरिन् छोरीको हत्या, ५ आरोपित पक्राउ

रुपन्देहीको मायादेवी गाउँपालिका –३ हरहरवामा आमाले १ वर्षीय छोरीको हत्या गरेकी छिन् । २१ वर्षीय आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाई हत्या गरेकी हुन् । आफ्नो कोठामा रहेको पंखामा बाधीएको डोरीले छारीको घाँटीमा बाधी हत्या गरी आफुले समेत सोही डोरीमार्फत आत्महत्या गर्ने प्रयास गरेकोमा प्रेमालाई नन्दले देखेर डोरी काटी बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

आइतबार राती ९ बजे बालिकाको शकांस्पद मृत्यु भएकोमा आफन्तहरूले नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि प्रहरी तत्काल प्रहरी परिचालित भएको थापाले बताए । प्रहरीले खोज्ने क्रममा सोही ठाउँको दानव खोला नजिक शंकास्पद ठाउँमा खनी हेर्दा बालिकाको शव फेला परेको थियो । मृतक बालिकाकी आमा २१ वर्षीय प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राज कुमार यादव र प्रेमाको साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित