अमृता सुनार/नवलपरासी ,१० असोज जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल ६ विशासयको २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चापागाईले उद्धाटन सत्रलाई सहकारी कै विषयमा छलफल गरि सहकारीको भावी कार्ययोजना र समिक्षा गर्ने गरी साधारण सभालाई रुपान्तरण गर्नुपर्ने बताउनुभयो । सहकारीमा देखिएका समस्याले शेयर सदस्यमा संका उत्पन्न भैरहेको हुनाले शेयर सदस्यहरु साधारण सभामा उपस्थित भै संस्थाको बारेमा पुर्ण जानकार हुनुपर्ने बताउनुभयोे । कृषि उधम विकास र आयआर्जन लाई जोड दिएर कार्य गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । “बचत गरौ सुखले बाचौ” भन्ने नाराका साथ वि.सं. २०५७ सालमा असोज १० गते आजकै दिन पारी स्थापित संस्थामा हाल १ सय शेयर सदस्यबाट स्थापित जनकल्याण सहकारीमा हाल १९ सय ५४ जना शेयर सदस्य आवद्ध रहेका छन् । गत आर्थिक वर्षमा सहकारीले २ करोड २७ लाख ८५ हजार ३ सय ८८ आम्दानी गरी मुनाफा रु.४२ लाख २६ हजार ८ सय ७१ आर्जन गरेको अध्यक्ष भण्डारी द्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै सचिव रमेश कुमार भुषालले सचिवको प्रतिवेदन, कोषाध्यक्ष पदम प्रसाद काफ्ले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पदम प्रसाद काफ्ले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जनसेवा माविका प्रधानाध्यापक फान प्रसाद श्रेष्ठ, सुनवल नगर सहकारी संजालका उपाध्यक्ष कृष्ण बन्धु अर्याल, जिल्ला सहकारी संघका सचिव चण्डी प्रसाद पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा एसईई, प्लस टू, स्नातक र स्नातकोत्तरमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो भने सबै भन्दा बढी दूध संकलक कृषक, नियमित बचतकर्ता, सफल व्यवसाय, संस्थामा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सदस्यलाई सम्मान गरिएको थियो । सस्थाका उपाध्यक्ष्य ओमकान्त तिमिल्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव रमेश कुमार भुसालले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।