धोबिनी गाउँपालिकामा दशैँमै तलब नपाएका शिक्षक र कर्मचारी ताला बन्दीको चेतावनी

राजन कुमार बानिया /पर्सा ,१० असाेज

पर्साकाे धोबिनी गाउँपालिकामा अझैसम्म गाउँसभा सम्पन्न हुन नसक्दा शिक्षकसहित सयौँ कर्मचारी तलब खानबाट वञ्चित भएका छन् । यही समस्यालाई लिएर नेपाल शिक्षक महासंघ धोबिनी गाउँपालिका शाखाले शनिबारभित्र गाउँसभा सम्पन्न नभए आइतबारदेखि गाउँपालिकामा ताला बन्दी गर्ने चेतावनी दिएको छ ।

महासंघका अध्यक्ष आरिफ मियाँका अनुसार दशैँ जस्तो महत्वपूर्ण पर्वको मुखमा पनि शिक्षक, शिक्षिका, विद्यालय लेखापाल, बालविकास र कार्यालय सहयोगीहरूलाई तीन महिना देखि तलब रोकिएको छ । गाउँसभा नहुँदा दशैँ खर्च समेत रोकिएको हुँदा कर्मचारीहरू अत्यन्तै समस्यामा परेको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष चौहान र उपाध्यक्षबीच भागबन्डा नमिलेको कारण गाउँसभा अड्किएको जनाइएको छ । यसले गर्दा कर्मचारी मात्र होइन, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रका सबैजना प्रभावित भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले नेपाल सरकारको नियमअनुसार गाउँसभा नभएसम्म कुनै निकायको तलब–भत्ता उपलब्ध गराउन नमिल्ने बताए । तर, जनप्रतिनिधिहरू सहमतिमा आएपछि गाउँसभा बसेर तलब–भत्ता वितरण प्रक्रिया अघि बढाउन सकिने उनले स्पष्ट पारे ।

दशैँमा विशेषगरी पहाडी समुदायले ठूलो तयारीसहित पर्व मनाउने परम्परा भए पनि कर्मचारी र शिक्षकहरू तलब नपाएर रित्तो हात घर फर्कन बाध्य भएको गुनासो गरेका छन् । “तीन महिना देखिको उधारो पनि पसलवालाले दिन छाडेका छन्, अब दशैँ कसरी मनाउने ?” भन्दै स्थानीय शिक्षकहरू असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल शिक्षक महासंघ धोबिनी गाउँपालिकाका अध्यक्ष मियाँले भने, “जनप्रतिनिधिको आपसी विवाद र भागबन्डा खेलका कारण शिक्षक–कर्मचारीलाई दु:ख दिएको छ । शनिबारसम्म गाउँसभा नभए आइतबारबाट बाध्य भएर ताला बन्दी गर्नुपर्ने हुन्छ ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot