राजन कुमार बानिया/पर्सा,१० असाेज पर्साको धोबिनी गाउँपालिकाको गाउँसभा अँझै हुन नसकेकोले गाउँपालिका भरिका कर्मचारीहरु तलब खान बाट बंचित भएका छन। हिन्दुहरुको महान पर्बको रुपमा रहेको चाड बाड बिजयादशमी चलिरहेको अवस्थामा पनि गाउँपालिका अध्यक्ष मदन चौहान र उपाध्यक्ष मन्जु देबी कुर्मीन लगायतका जनप्रतिनिधि हरुको भागभन्डा नमिलेको कारण गाउँसभा हुन् नसकेको कारण गाउँपालिका सम्पुर्ण काम काज थप भएको छ । असार मसान्त भित्र गरिसक्नु पर्ने गाउँसभा अझै हुन नसकेको हो ।नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुँदा आव ०८२/८३ को नीति,कार्यक्रम तथा बजेट आउन सकेको छैन । समयमै नीति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने र बिकास निर्माणको बजेट पनि रकम पनि काटिएर आउने छन। संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र सबै स्थानीय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने पत्रचार गरेको थियो । समय मै गाउँ सभा नगरे संघको सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो । तर धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुको आपसी भागबन्डा नमिलेको कारण गाउँसभा हुन सकेको छैन । जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको जनप्रतिनिधिहरु नै स्वीकार गरेका छन् ।गाउँ सभाको बिषयमा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद खतिवडाले भने जनप्रतिनिधि हरुले सहमती गरि अाएमा म गाउँ सभा गराउन सहमत छु । जनप्रतिनिधि हरु अापसी सहमती गरेर अाउनु पर्नेमा जोड दिनु भएको छ । गाउँ सभा नहुदा अहिले दशैको मुखमा गाउँपालिका भरिका कर्मचारीहरु, शिक्षा,स्वास्थ्य,कृषि ,लगायत सयौ कर्मचारी हरु तलब खान बाट बचित भएका छन। दशै को समयमा सबै भन्दा बढि पहाडी समुदाय ले मनाउने गर्छन तर शिक्षन र स्वास्थ्य मा कार्यरत कर्मचारी हरु समयमा तलब नपाएर रितो हाथ घर जाने एक जना शिक्षक ले जनाएका छन। शिक्षकले भने चार महिनाको तलब रोकिएको छ। तीन महिना देखि पसल बाट उधारो लिएर खाई रहेको छुु यदि सम्यमा उसको उचारो पैसा दिएन भने उधार पनि नदिने पसल साहु हरु भनेपछी चिन्तित भएको छु। विगत बर्ष झै यस बर्ष पनि आ–आफ्नो भागमा बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरुले अडान लिएका कारण गाउँ सभामा ढिलाई भएको बताइएको छ । यसबारे धोबिनी गाउँपालिका उपाध्यक्ष मन्जुदेवी कुर्मीले गाउँपालिका अध्यक्ष चौहानले एकलौटी गर्ने खोजेको आरोप लगाइन् । बसेर छलफल गर्नु पर्नेमा गाउँपालिका अध्यक्ष चौहान गाउँपालिका अाउन छोडनु भएकोले समस्या भएर गाउँ सभा हुन नसकेको बताईन।यसको सम्बन्धमा गाउँपालिका अध्यक्ष चौहानले भने गाउँ सभा उपाध्यक्ष ,केही वडाअध्यक्ष लगायतको जनप्रतिनिधि हरुको कारण गाउँ सभामा ढिलाई भएको छ। एक दुई दिन भित्र गाउँ सभा हुने बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।