Rashtriya Dainik

श्रिसिया चौकीका सई राणा घुमुवा प्रहरीद्वय साहहरु मार्फत तस्करहरु संग रकम असुल्दै

वीरगंज ११ फाल्गुन
पर्साको अलौ नाकावाट लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल , गाई , भैसी मदिरा लगाएतको व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

प्रहरी चौकी श्रिसियाका ईन्चार्ज प्रहरी नायब निरीक्षक बिनोद राणाको मिलोमतोमा अलौ नाका र खल्लवा श्रिसिया नाकावाट व्यापक रुपमा लत्ताकपडा , हाछयेवर , गाई भैसी , मदिरा को व्यापक रुपमा तस्करी सुचारु गराएका छन्।

सिमानाकामा रहेको दशगंजा क्षेत्रमा प्रहरी नायब निरीक्षक राणाको घुमुवा प्रहरीद्वय प्रहरी जवान प्रेम साह र त्रिभुवन साहको संरक्षणले दशगंजा क्षेत्रमा २० वटा अवैध भठ्ठी संचालन भएको छ।

प्रहरी नायव निरीक्षक राणा अाएको दिन देखिनै सिमानाकाको दशगंाजा क्षेत्रमा संचालन भएपनि माथिल्लो निकाय मौन बस्ने चिन्ताको बिषय बनेको हो।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको निर्देशन विपरीत प्रहरी नायव निरीक्षक बनोद राणाले घुमुवा प्रहरीद्वय प्रेम साह र त्रिभुवन साह मार्फत तस्करीको सामान अाफै संरक्षण भई लत्ताकपडा , हाडयेवर , गाई भैसी , लगाएतको सामानहरु सिमानाकावाट अोसारपोसार गराउने गरेको नाम छाप्रने सर्तमा एक जना स्थानीयले बताएका छन्।

समयमै यस्ता प्रहरीहरुलाई कार्यवाही नभएमा यस्ता भष्ट प्रहरीको कारणले सम्पुर्ण प्रहरी युनिट नै बदनाम हुने गरेको स्थानियले बताउछन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित