नवलपुर ,८ असोज कावासोती नगरपालिका–८ सगरमाथा टोलमा घरेलु विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोही टोल निवासी ४२ वर्षीय सूर्य प्रसाद पाण्डेले ३७ वर्षीया श्रीमती संगिता पौडेल पाण्डेलाई धारिलो हतियार (चक्कु) प्रयोग गरी शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। घटनापछि तत्कालै प्रहरीको ११ जनाको टोली खटिएको थियो। घाइते अवस्थामा भेटिएकी संगितालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारकै क्रममा साँझ ७:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि श्रीमान पाण्डे प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।