नन्दु यादव / फागुन ११नवलपरासी
बेलाटारी तर्फ जाँदै गर्दा गण्डक नदिकाे किनारमा हामिले भेटयाै भेडाकाे राै काटदै घामकाे बेलामा कलकल पसिनाले भिजेका थिए प्रमाेद भेडिहार वहाले लामाे समय देखि भेडा पालन गर्दै अाउनु भएकाेछ ।पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ५श्रिरामपुरकाे स्थायि बासि हुन।५०बर्षका प्रमाेद भेडिहार ले अाफु ३०० भेडा पालन गरेकाे कुरा हामिलाई सुनाउदै भन्नू भयाे ।भेडापालनले अाफ्नाे परिवार काेे जीवन गुजारा चलाउदै अाएकाे छु र म यहि पेशाबाट सन्तष्ट छु वहाले मुस्काराउदै भन्नू भाे ।हाम्राे बाउ बाजे तथा कैयाै पुस्तादेखि भेडापालन गर्दै अाएकाेले म पनि यहि पेशामालागे अनि यसबाट नै परिवारकाे दिनचर्या बिताउन सफल रहेकाे छु ।५छाेरि २छाेरा मेराे आमा बुवा र म र मेराे श्रीमती गरि ११जनाकाे परिवार रहेकाे छ ।

सिमा सग जाेडिएकाे ग्रामिण गाउमा न त राेजगारी थियाे न त बाच्ने कुनै अाधार नै तेहि भयर नै भेडा पालनतिर अाकर्षित भएकाे हु ।खासै नपढेकाे ले जागिर पाउने अवस्था थियन मलाई वहाले भन्नु भयाे ।भेडापालनबाट छाेरा छाेरी बाेर्डिङमा पढाउदै अाउनु भएकाे छ ।अबकाे पिढि याे पेशा गर्लान नगर्लान थाहा भएन उनले हास्दै भने ।भेडाकाे मासु र राै बाट बार्षिक ५लाख देखि ८लाख सम्म अाम्दानी गर्दै अाएकाे वहाले बताउनु भयाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

