अमृता सुनार/नवलपरासी ,५ असोज महलपोखरी सामुदायिक वन उपभोक्ता समुहको प्रथम वार्षिक साधारण सभा सुनवल १ बनाहाको नेवा गूठीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष छन्न प्रसाद श्रेष्ठको अध्यक्षतामा तथा डिभिजन वन नवलपरासीका प्रमुख राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा एवम सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्रीले हरियो बन नेपालको धन भन्दै सामुदायिक बन लाई संरक्षण र सम्बद्र्धन गर्नु हामि सबैको कर्तब्य हो भन्दै बन बाट पुरानो रुख बाट प्राप्त हुने चिजको उपभोग गर्न र नया बिरुवा लगाउनु पर्नेमा जोड दिनुभएको थियो । प्रथम साधारण सभामा वार्षिक प्रगति प्रतिबेदन समुहका अध्यक्ष छन्न प्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो भने समुहको कार्यविधि प्रतिबेदन समुहका सचिव बाल कुमारी बश्यालले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी आर्थिक प्रतिबेदन समुहको कोषाध्यक्ष केश कुमारी न्यौपाने क्षेत्रीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदनमा जम्मा आम्दानी .७ लाख ९९ हजार ५३७ रहेकोमा जम्मा खर्च ७ काख ३८ हजार २२६ गरि जम्मा बचत रु.६१ हजार ३०१ रहेको छ। सस्थाको लेखा प्रतिबेदन लेखा समितिका संयोजक हिमलाल पराजुलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सुनवल वडा नं १ का अध्यक्ष मन बहादुर थापा मगर, सब डिभिजन कार्यलय सुनवलका अधिकृत मरिच कुमार लामा, वडा नं ४ का वडा सदस्य लक्षमण श्रेष्ठ, सुनवल लघुउधम सहकारी सस्थाका उपाध्यक्ष देव बहादुर क्षेत्री, निबर्तमान वडा अध्यक्ष बिन प्रसाद बुढाथोकी, युद्धजङ्ग जिसि, बलराम बस्याल लगएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सस्थाका उपाध्यक्ष रामदेव राइको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सहसचिव खडक बहादुर लिम्बुले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।