Rashtriya Dainik

मधुमेहजन्य रोगको लागि एक दिने नि:शुल्क आँखा शिविर विनयी त्रिवेणी ७ को रानीनगरमा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,३१ बैशाख

नेपाल नेत्र ज्योति संघ डा.विनोद निता आँखा अस्पतालद्वारा सञ्चालित त्रिवेणी आँखा उपचार केन्द्रको आयोजनामा मधुमेहजन्य रोगको लागि एक दिने नि:शुल्क आँखा शिविर विनयी त्रिवेणी ७ को रानीनगरमा सम्पन्न भएको छ।

एक दिने नि:शुल्क आँखा शिविरमा आँखा रोगका लागि पहिचान तथा निदान गरिने लक्ष्य राखी आँखा शिविरको आयोजना गरिएको अस्पतालको व्यवस्थापक समेत रहनु भएका कार्यक्रम संयोजक अजय पाण्डेले जानकारी दिनुभयो।
जिल्ला अन्तर्गतका ग्रामीण भेग तथा सिमावर्ती ईलाकामा मधुमेह रोगको पहिचान गर्ने लक्ष्य राखी नि:शुल्क शिविरको आयोजना गरिएको बताइएको छ।

आँखा शिविरमा डा.सुमित पाण्डेको नेतृत्वमा ८ को सङ्ख्याका जनशक्तिले स्वास्थ्य परिक्षण गरेका थिए। एक दिने नि:शुल्क स्वास्थ्य शिविरमा १०५ जना व्यक्तिको आँखा परिक्षण गरिएकोमा २५ जना व्यक्तिमा मोतियाविन्दु देखापरेको वरिष्ठ नेत्र सहायक राधिका यादवले जानकारी दिनुभएको छ।

सिमावर्ती क्षेत्रमा एक दिने मधुमेह रोगको लागि गरिएको नि:शुल्क आँखा शिविर बारे अस्पतालका व्यवस्थापक पाण्डे संग संक्षिप्त कुराकानीमा उहाँले अशिक्षा,अज्ञानता र खानपानमा असन्तुलनका कारण मधुमेह रोग लाग्न सक्ने हुँदा सो बारे आँखा शिविरको माध्यमले स्वास्थ्य परिक्षण र सचेतना कार्यक्रमबाट रोगीको पहिचान हुने र समयमै उपचार गर्न सकिए रोगबाट मुक्ती पाइने प्रतिक्रिया दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित