Rashtriya Dainik

आफ्नै उत्पादनबाट दिवा खाजा, “पढ्दै कमाउँदै” कार्यक्रमलाई प्राथमिकता दिइने : सरावल गा.पा अध्यक्ष चौधरी

राष्ट्रिय दैनिक / नवलपरासी , १ जेठ

बेस नेपालको आयोजनामा सञ्चालित “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत सरावल गाउँपालिकामा विभिन्न कार्यक्रम अनुगमन गरिएको छ।

सरावल गाउँपालिका–६ गडौरीस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा आयोजित अनुगमन कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले विद्यालयमा आफ्नै उत्पादनबाट दिवा खाजा सञ्चालन गर्ने अवधारणालाई प्राथमिकता दिइने बताए।
उनले “पढ्दै कमाउँदै” कार्यक्रममार्फत विद्यार्थीलाई व्यवहारिक तथा उत्पादनमुखी शिक्षासँग जोड्ने नीति गाउँपालिकाले अघि बढाएको उल्लेख गर्दै पालिकाले आवश्यक बजेट विनियोजन तथा विभिन्न परियोजनासँग समन्वय र सहकार्य गरेर कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा करेसाबारी व्यवस्थापन, ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण लेखाजोखा तथा स्वास्थ्य परीक्षणसम्बन्धी गतिविधिकाे डाटा लिइ अनुगमन तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर अधिकृत भेषराज शर्मा, सरावल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओम नारायण देवकोटा, बेस नेपालका कार्यक्रम संयोजक सालिग्राम पोख्रेल, लेखा अधिकृत शिव खराल, हेलेन केलर इन्टरनेशनलका फिल्ड अधिकृत जितेन्द्र कोहार, विद्यालयका प्रधानाध्यापक श्रवण सहानी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जन्मेजय यादव लगायतको सहभागिता रहेको थियो।


यसैबीच सरावल गाउँपालिका–५ बडहा दुबौलिया स्वास्थ्यचौकीमा गरिएको बच्चा तौल अनुगमनका क्रममा अधिकांश बालबालिकाको तौलमा सुधार देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
कार्यक्रम अन्तर्गत विद्यालयमा पोषण तथा स्वास्थ्य सन्दर्भमा छलफल समेत गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित