Rashtriya Dainik

भारतमा इन्धनको मूल्य बढ्यो

काठमाडौँ,१ जेठ । भारतमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य आकाशिएसँगै तेल कम्पनीहरूले आजैदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेका हुन्।

मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ भारु पुगेको छ ।

इन्धनको मूल्य बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र उछाल हो। इरान र अमेरिकाबीच बढ्दो तनावका कारण प्रतिब्यारेल ७० डलरको हाराहारीमा रहेको कच्चा तेलको मूल्य अहिले १०० डलर पार गरिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएपछि तेल कम्पनीहरू ठुलो वित्तीय दबाबमा थिए। आफ्नो बढ्दो घाटा न्यूनीकरण गर्न कम्पनीहरूले उपभोक्ता मूल्य बढाउनु परेको जनाएका छन्।

बजार विश्लेषकहरूका अनुसार यदि विश्व बजारमा कच्चा तेलको मूल्य लामो समयसम्म उच्च रहिरह्यो भने आगामी दिनमा इन्धनको भाउ अझै बढ्न सक्ने सम्भावना छ। यसले सर्वसाधारणको जीवनस्तर र ढुवानी लागतमा समेत प्रत्यक्ष असर पार्ने देखिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित