Rashtriya Dainik

महेन्द्र जनता माविमा एसईई सफल विद्यार्थीलाई सम्मान

राष्ट्रिय दैनिक /नवलपरासी ,१ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा अवस्थित महेन्द्र जनता माध्यमिक विद्यालयमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जन्मेजय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठक प्रमुख अतिथिको रुपमा सहभागी रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले विद्यार्थीहरुको सफलता विद्यालय, अभिभावक र समग्र गाउँपालिकाकै गौरवको विषय भएको बताउनुभयो । उहाँले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आफू सधैं सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गरिने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक श्रवण सहानीका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी ५० जना विद्यार्थीमध्ये २० जना उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डको मापदण्डअनुसार विद्यालयले गाउँपालिकाभित्र दोस्रो स्थान हासिल गरेको तथा समग्रमा सरावल गाउँपालिका चौथो स्थानमा रहेको विद्यालयका प्रधानाध्यापक श्रवण सहानीले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा उत्तीर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकलाई खादा ओढाएर सम्मान गरिएको थियो भने विद्यालयका शिक्षकहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षामा अझ मेहनत गर्न प्रेरणा प्रदान गरिएको थियो ।

कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष छोटेलाल गुप्ता, शिक्षक अभिभावक संघका अध्यक्ष नवनित चौधरी, सहायक प्रधानाध्यापक सन्दिप मिश्र, शिक्षक सत्यनारायण चौधरी तथा शिक्षक देवपाल उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द ढकालले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षिका दिल कुमारी चौधरीले व्यक्त गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित