नवलपरासीमा आगजनी र तोडफोड प्रकरणमा १६ पक्राउ, कारबाही नभए आन्दोलनको चेतावनी

सुरेश यादव /नवलपरासी ,५ असाेज

पश्चिम नवलपरासीमा जारी जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फोटो र भिडियो प्रमाणको आधारमा पक्राउ गरिएका उनीहरु मध्ये अधिकांश जेनजी उमेरसमूह (१३–२८ वर्ष) भन्दा माथिका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा सूचना अधिकारी वीरदत्त पन्तका अनुसार प्रतापपुर र सुस्ता गाउँपालिकाबाट ९ जना र बर्दघाट नगरपालिकाबाट ७ जना गरी १६ जनालाई नियन्त्रणमा लिइएको हो। निजी घर र उद्योगमा आगजनी तथा सम्पत्ति तोडफोडमा संलग्न भएको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो। पन्तले अहिलेसम्म कसैले औपचारिक किटानी जाहेरी नदिए पनि फोटो र भिडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको स्पष्ट पारे।

जिल्लाभर हालसम्म २७ वटा सरकारी कार्यालयसहित ६३ स्थानमा तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलनका लागि सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरी कार्य प्रारम्भ गरिएको छ।

यसैबीच, राजनीतिक दलका भातृ संगठनहरुले पक्राउ परेकालाई दबाबमा छाडे कानुनको शासन कमजोर हुने भन्दै कडा कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुकबहादुर गुरुङले, “घरबास नै उठिबास हुने गरी आगजनी गर्नेहरुलाई कारबाही नगरी छोडे आन्दोलनमा उत्रिन बाध्य हुनेछौं,” भनेर चेतावनी दिएका छन्।

त्यस्तै अनेरास्ववियुका अध्यक्ष सञ्जय मौर्यले पूर्वाग्रही ढंगले गिरफ्तारी नगरी प्रमाणका आधारमा पक्राउ परेकालाई मात्र कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताएका छन्।

स्थानीय राजनीतिक दल र प्रहरी प्रशासनबीचको छलफलमा सहमति जुट्ने प्रयास भइरहेको भए पनि प्रभावित पक्षले तत्काल न्यायिक कारबाहीको माग गर्दै दबाब सिर्जना गरिरहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot