संघीयताको अनुभूति नलिएको विद्यालय : बालबिकास आ. वि जयपृथ्वी नगरपालिका–२

बझाङ ,४ असाेज

नेपालमा संघीयता लागू भएको दशक नाघिसक्दा पनि बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर २ स्थित बालबिकास आधारभूत विद्यालयले संघीयताको अनुभूति गर्न सकेको छैन। वडाको एक मात्र शैक्षिक संस्था रहेको यो विद्यालय अझै पनि पुरानै अवस्थामै अल्झिएको छ।

संविधान कार्यान्वयनसँगै देशभर संरचनागत, प्रशासनिक र सामाजिक क्षेत्रमा परिवर्तनको लहर देखिए पनि विद्यालयको अवस्था भने जस्ताको तस्तै छ। भूकम्पले छिया–छिया बनाइदिएका कक्षाहरू अझै प्रयोगमा छन्। पर्खालमा चिरा, छानाबाट पानी चुहिने समस्या निरन्तर रहँदा पनि विद्यार्थी र शिक्षक त्यहीँ बस्न बाध्य छन्।

सुरक्षित शिक्षण वातावरणको अभावले विद्यार्थीको सिकाइ प्रक्रिया प्रभावित भएको छ। “शिक्षा अधिकार हो, तर यहाँका बालबालिकाका लागि शिक्षा जोखिम बनेको अभिभावकले   अम्मराज जोशी बताउन्छन ।

प्रधानाध्यापक डबलबहादुर खड्काका अनुसार विद्यालय पछाडि पर्नुको मूल कारण पहुँच र शक्तिको राजनीति हो। उनले भने, “यहाँ आवश्यकताका आधारमा भन्दा पनि पहुँच र पावरका आधारमा सबै कुरा हुन्छ। हाम्रो पहुँच नपुगेका कारणले नै हाम्रो विद्यालय पछाडि परेको हो।”

समुदायका अभिभावकहरूले आफ्ना सन्तानलाई सुरक्षित र गुणस्तरीय शिक्षा दिलाउने चाहना राखे पनि वडाको एक मात्र विद्यालय दयनीय अवस्थामा हुँदा उनीहरूको आशा निराशामा परिणत भएको छ। आर्थिक हैसियत कमजोर भएकाले निजी विद्यालयमा पठाउन नसक्ने अभिभावकहरू सरकारी विद्यालयमै सुधारको अपेक्षा गरेर बसेका छन्।

शिक्षकहरूको भनाइमा, विद्यार्थीहरू सीमित स्रोतसाधनका बाबजुद पढ्न उत्साहित छन् तर आधारभूत सुविधा नहुँदा उनीहरूको बाटो अझै कठिन छ। डाक्टर, इन्जिनियर, शिक्षक वा नेतासम्म बन्ने सपना बोकेर आएका विद्यार्थीहरू जोखिमपूर्ण कक्षामा पढ्न बाध्य छन्।

संघीयताको मर्म भनेकै स्थानीय तहलाई सशक्त पार्ने र अधिकारलाई गाउँघरमा पुर्‍याउने भए पनि बालबिकास आधारभूत विद्यालयले त्यो अनुभूति पाउन सकेको छैन।   न त संघीयताले विद्यालयलाई चिनेको छ, न त विद्यालयले संघीयतालाई।
बालबिकास आधारभूत विद्यालयको अवस्था आज देशका धेरै ग्रामीण विद्यालयहरूको प्रतिनिधित्व हो। संघीयता केवल राजनीतिक ढाँचा मात्र होइन, व्यवहारिक सुधार हो भन्ने सन्देश यस विद्यालयले पाउन जरुरी छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot