काठमाण्डौ, ३ असोज – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । पार्टीको राजनीतिक परिषद्ले दलाल तथा नोकरशाही पूँजीवादी अर्थव्यवस्थामाथि उभिएको सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार बनाउनुपर्नेमा जोड दिएको हो ।
पार्टीको पोलिटब्युरोको बैठकले वामपंथी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र त्यो जनसंघर्षका प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनगणतन्त्रात्मक संविधानतिर अघि बढ्ने नीति पारित गरेको कार्यबहाक महासचिव सीपी गजुरेलद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
राजनीतिक परिषद(पीवी)को बैठक भर्चुअल माध्यमबाट कार्यबाहक महासचिव सीपी गजुरेलको अध्यक्षतामा भाद्र २९ देखि आश्विन १ गते सम्म बसी सम्पन्न भएको थियो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेलले असोज ३ गते प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराउनु भएको हो ।
विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –
“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको राजनीतिक परिषदको अनलाइन बैठक का.वा. महासचिव क. गौरवको अध्यक्षतामा वि.स. २०८२ भाद्र २९ देखि आश्विन १ सम्म सम्पन्न भएको छ । उक्त बैठकले लिएका निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) भाद्र २३ र २४ गते घटेका घटनाहरु नेपाली समाजको इतिहासमा सकारात्मक र नकारात्मक दुवै दृष्टिले अविस्मरणीय बन्न पुगेका छन् । पश्चिमा समाजशास्त्री र जनसंख्या विदहरुले मानव जातिको पुस्तालाई ६ भागमा बाँडे अनुसार सन् १९९७ देखि २०१२ को डिजिटल युगमा जन्मेका १३–२८ वर्षसम्मका युवा पुस्ता ‘जेन–जेड’को सुनामी विद्रोहले नेपालका संसदवादी राजनीतिक पार्टीहरुलाई भ्रष्ट्राचार, स्वतन्त्रता हनन्, विकृति र विसंगतिकालागि कलंकको टीका लगाउँदै कठोर सजाय दिएको छ, सत्ताच्यूत प्रतिगामी र दलालहरुको ठीक समयमै पहिचान गर्न र क्रान्तिकारीहरुलाई सामाजिक परिस्थितिमा आश्चार्यजनक ढंगले हुने आकस्मिक परिवर्तनलाई प्रतिबिम्बन गर्न गतिशील बन्नुपर्ने चेतावनी दिएको छ । लामो समयदेखि थुप्रिएको भ्रष्टाचार; शोषित–उत्पीडित नेपाली श्रमजीवी जनताले पूर्ण मुक्तिको आशा गरेको महान् जनयुद्ध र जनआन्दोलनबाट खाएको धोका; नवऔपनिवेशिक आर्थिक–सामाजिक स्थितिले जन्माएको दलाल तथा नोकरशाही पूँजीवाद र त्यसको राज्यव्यवस्था; कहालीलाग्दो बेरोजगारीका कारण विश्व श्रम बजारमा पोखिएको युवा रगत पसिनाद्वारा आर्जित विप्रेषणमा गरिएको शासकवर्ग र म्यानपावर कम्पनीका शाषकहरुको भोजभतेर; शिक्षा, स्वास्थ्य र संचारप्रदायी संस्थाहरुको निजीकरण र ब्रह्मलुट; आकाशिदो कालोबजारी; सरकारी बजेटमा केन्द्रदेखि स्थानीय तहसम्म लुटखसौट; निजामति तथा जंगी अड्डाहरुमा दृश्य तथा अदृश्य भ्रष्टाचार, डिजिटल युगमा सामाजिक संजालमाथि प्रतिबन्ध यो विद्रोहका लागि नियमिततामा जम्मा भएको बारुद हो भने त्यसमा जेनजेड पुस्ताले यतिबेलै आगो झोसिदिनु आकस्मिकता हो । यो विद्रोह इमान्दार स्वतन्त्रताकामी युवाहरुको स्वतस्फूर्त विस्फोटन हो । तर यसलाई मौका कुरेर बसेका साम्राज्यवादी, विस्तारवादी, प्रतिगमनकारी र अवसरवादी तत्वहरुले आ–आफनो निहित स्वार्थमा उपयोग गर्न खोजे । देशभित्र प्रतिगमनको पल्लाभारी हुनै थालेको बेला साम्राज्यवादी र विस्तारवादीहरु पनि यथास्थितिवादी सम्झौतामा पुगे । हाम्रो पार्टी समग्र युवा पुस्तालाई युवा जोशमा समग्र योजना र भावी परिणामलाई सामना गर्ने तागत विना अघि बढ्नु विनाशलाई निम्त्याउनु हो र हाम्रो शक्तिलाई अनावश्यक बलिदान गर्नु हो भनी सचेत बनाउन चाहन्छ । यसको साथै यो उलटपुलटकारी तागतलाई हार्दिक बधाई दिदै शहादत प्राप्त गर्ने युवाहरुलाई शहिद घोषणा गर्दछ र तिनका परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछ । साथै सही मार्गदर्शक सिद्धान्त, कार्यदिशा र उद्देश्य भएको पार्टीले मात्र शहिदहरुको वास्तविक सपना पूरा गर्न सक्दछ भन्ने तथ्यलाई पुनः स्मरण गर्न चाहन्छ ।
२) यो जेनजेड विद्रोहबाट के कुरा पुनर्पुस्टि भएको छ भने बनिबनाउ राज्यसत्ता यथावत राखेर विद्यमान राज्यसत्ताकै सरकारमा जानु भनेको क्रान्ति होइन, यथास्थितिवाद हो । शोषकवर्गको सत्ता शोषितवर्गले ध्वस्त पारेर शोषितवर्गीय अधिनायकत्व कायम गर्नु क्रान्ति हो । राज्यसत्ता भनेकै सरकार हो भन्ने कुरामा जनतालाई भ्रम पारेर नै संसदवादी कम्युनिष्टहरु र काँग्रेसले आजको स्थिति निम्त्याएका हुन् । यो राज्यसत्ताको मेरुदण्ड स्थायी सेना हो भन्ने कुरा पनि पुर्नपुष्टि भएको छ । वि.सं. २०१७ पुष १ मा राजा महेन्द्रको ‘कु’ पछि बल्ल वि.पी. ले यो कुरा गहिरो गरी महसुस गरेका थिए । हाललाई राष्ट्रपतिको अडान, राज्यसत्ताका विभिन्न निकायमा रहेका प्रगतिशील र देशभक्त पक्षहरु, साम्राज्यवाद र विस्तारवादको अन्तरविरोध तथा सम्झौताले देश यतिबेला यथास्थितिमा अड्केको छ । तर, हाम्रो पार्टी प्रतिगमनको खतरा नटरेको कुराप्रति आम जनतालाई सचेत हुन विशेष आह्वान गर्दछ ।
३) अन्ततः हाम्रो पार्टीको राजनीतिक परिषदले दलाल तथा नोकरशाही पूँजीवादी अर्थव्यवस्थामाथि उभिएको सरकारको विकल्पमा वामपंथी, देशभक्त र क्रान्तिकारी जनवादी पार्टी, समूह र व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी जनसंघर्षमा जाने र त्यो जनसंघर्षका प्रक्रियामा स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनगणतन्त्रात्मक संविधानतिर अघि बढ्ने नीति पारित गरेको छ । यस आधारमा कार्यगत एकता र संयुक्त मोर्चा निर्माण गर्ने नीति लिइएको छ ।
हाम्रो पार्टी आम जनसमुदायलाई के कुरा स्मरण गराउँछ भने हामीले गत असार ५ गतेदेखि भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दै आएका छौं । जेन जेड युवाहरुको प्रमुख मुद्दा पनि यही थियो । हामी यो अभियान जारी राख्नेछौं र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा मुद्दाहरुलाई लिएर देशव्यापी जनसंघ
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

