Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा बाहिनीद्वारा धनुषामा ८३५ किलो गाँजा बरामद

धनुषा,३ असोज

सशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा८३५ किलो बरामद गरेको छ।

धनुषा जिल्लाको विदेह नगरपालिका -३गोब्राहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा ८३५ किलोग्राम सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रबार दिउँसो करिब १३:२० बजे सो गाँजा बरामद गरेको हो। 

सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल¸ नेपालले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित