आरपि उपाध्याय / नवलपुर ,३ असाेज
नेपालको संविधान २०७२ जारी भएको उपलक्ष्यमा कावासोती स्थित वि.पि. भवनमा एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति नवलपुरको आयोजनामा संविधान दिवसको विशेष कार्यक्रम मनाइएको हो।
नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सभापति महेन्द्रध्वज जि.सी. को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य कृष्ण चन्द्र नेपालीले नेपाली जनताको प्रतिनिधिद्वारा निर्माण भएको र संविधान सभाबाट जारी भएको पहिलो संविधान रहेको चर्चा गर्दै यो संविधानबाट नै नेपाली जनतालाई सार्वभौम गराएको जिकिर गर्नुभयो।
उहाँले संविधान जारी भएको एक दशक भैसक्दा पनि देशले अपेक्षा गरे अनुसार गति लिन नसकेको अवस्थामा यो संविधानलाई सफल र सबल बनाउन हामी सबैको कर्तव्य रहेको धारणा राख्नुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेस,गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने,उपसभापति द्वय चन्द्र बहादुर राना र बालकृष्ण घिमिरे लगायतले संविधान दिवसको महत्वबारे प्रकाश पार्नुभएको थियो।

सो अवसरमा महासमिति सदस्य, महाअधिवेशन प्रतिनिधि,जिल्ला कार्य समिति सदस्य,क्षेत्रीय र पालिका सभापतिहरु तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको पार्टी कार्यालय सचिव गोपाल बास्ताकोटीले जानकारी दिनुभएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

