Rashtriya Dainik

नवलपरासीमा Gen Z आन्दोलनका क्रममा तोडफोड–आगजनी, कांग्रेस नेतृत्त्वद्वारा स्थलगत अवलोकन

राष्ट्रिय दैनिक /नवलपरासी ,३ असोज

भाद्र २३/२४ गते देशभरै उग्र बनेको Gen Z आन्दोलनका क्रममा नवलपरासी पश्चिमका सात पालिका कार्यालय, जनप्रतिनिधिहरूका निवास र विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको तोडफोड, आगजनी तथा क्षतिको अवस्थाको स्थलगत अवलोकन गरिएको छ।

नेपाली कांग्रेस नवलपरासी पश्चिम जिल्ला कार्यसमिति र जिल्ला नेतृत्वस्तरीय टोली सहित केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेलले भाद्र ३१ र असोज २ गते प्रभावित क्षेत्रहरूको भ्रमण गरी घटनास्थल अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा स्थानीय बासिन्दा, पीडित जनप्रतिनिधि र सरोकारवालासँग छलफल गर्दै घटनाबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण संकलन गरिएको छ।

नेता कण्डेलले हिंसात्मक गतिविधिले लोकतान्त्रिक आन्दोलनको मूल्यमान्यता नै कमजोर हुने उल्लेख गर्दै राजनीतिक असहमति समाधान गर्न संवाद र सहकार्यलाई नै मार्ग बनाउनुपर्नेमा जोड दिनुभयो।

यसैबीच जिल्ला नेतृत्वले तोडफोड र आगजनीका घटनाबाट प्रभावित कार्यालय तथा घरपरिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित