Rashtriya Dainik

स्वास्थ्यमन्त्रीको गाउँमा ५ वर्षदेखि आयुर्वेद औषधालय भाडामा

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको गाउँ नवलपरासीमा रहेको आयुर्वेद शाखा विगत पाँच वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको छ । हजारौं मानिसहरु विभिन्न किसिमको सेवा दिँदै आएको शाखालाई स्तरउन्नतीको लागी कुनै पहल नहुँदा समस्या भएको छ । 

बिरामीहरुको चाप दिनहुँ बढ्दै जाँदा ठूलाठूला अस्पतालहरुमा धाउने प्रचलन रहेता पनि केहि स्थानीय भने आयुर्वेद औषधी निकै प्रभावकारी रहेको बताउँछन् । 

जिल्लामा अवस्थित गुठी परसौनी आयुर्वेद औषधालय निकै प्रभावकारी हँुदै गएको र उक्त औषधालयमा दिनहुँ बिरामीहरुको चासो बढ्दै गएको कार्यालय प्रमुख दिनबन्धु मिश्रले बताए । उनले स्तरउन्नति नहुँदा थप सेवा दिन कठिनाई भएको बताउनु भएको हाे।

वि.सं. २०७२ असार २६ गते स्थापना भएको औषधालयप्रति पहिले यहाँका मानिसहरुको त्यति चासो दिएका थिएनन् । बिरामीहरुको न्यून उपस्थितिको अवस्था रहँदा विभिन्न किसिमको जनचेतना मुलक कार्यक्रम, निःशुल्क स्वाथ्य शिविरको आयोजना भएसँगै हालको दिनमा वर्षेनी करिब १६ हजार मानिसहरुले औषधालयबाट लाभान्वित भएको मिश्रले बताउनुभएको छ । 


विशेष गरी औषधालयले बाथरोग, पेटरोग, पाईल्स(बवासिर)चर्मरोग, मुत्र सम्बन्धी तथा स्त्रिरोग जस्ता बिरामीहरुलाई सेवा दिँदै आएको हो ।

यसलाई थप प्रभावकारी बनाउन विभिन्न सरोकारवाला तथा सम्बन्धित निकायहरुसँग पटक–पटक  पहल  गरिएपनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको प्रमुख मिश्र बताउँछन् । 

स्वास्थ्यमन्त्री त्रिपाठीको गाउँमा अवस्थित आयुर्वेद शाखाको स्थायी रुपमा निजी भवन नहुँदा दिइने सेवा बिस्तारमा समस्या भएको जस्तै नियमित योग,  योग हल, प्राकृतिक औषधीको उत्पादन जस्तै ताजा जडीबुटी जुसको उत्पादनगरी वितरण गर्न समस्या रहेको मिश्र बताउँछन् ।

आयुर्वेद औषधालय सेवा सुचारु भएपछि कार्यालयलाई प्रतापपुर गाउँपालिकाले विभिन्न किसिमको योजनासँगै सम्भव प्रयास गरिरहेको साथै आउने दिनहरुमा अपेक्षित मानिसहरुलाई सेवा प्रदान गर्ने कार्यालयले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित