अमृता सुनार/नवलपरासी ,२ असोज
सुनवल सामुदायिक बचत तथा ऋण सहकारी सस्था लि.को २१ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष गोविन्द प्रसाद ढकालको अध्यक्षतामा तथा सुनवल वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सस्थाको प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष गोबिन्द प्रसाद ढकालले सस्थाको कार्यबिधि प्रतिबेदन सचिब पिताम्बर चापागाईंले,सस्थाको आर्थिक प्रतिबेदन सस्थाका कोषाध्यक्ष गङ्गा भुसाल न्यौपानेले र सस्थाको लेखा प्रतिबेदन सस्थाका लेखा संयोजक प्रेम प्रसाद पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाको जम्मा लगानी रु ४ करोड ६६ लाख ४८ हजार ३२६ रुपैया र कुल शेयर पूंजी रु ६५ लाख ६२ हजार ५०० रहेको छ । कार्यक्रममा २०८१ सालको एसइइ र प्लस २ मा उत्कृष्ट नतिजा ल्याउने ७ जना विद्यार्थीहरुलाइ कदर पत्र र नगद प्रदान,सस्थामा नियमित बचत कर्ता र नियमित ऋण बुझाउने ५ जनालाई कदर पत्र र नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा सुनवल नगरस्तरीय संजालका अध्यक्ष दयाराम भण्डारी, सर्वाङ्गीण कृषि सहकारी सस्थाका सचिब कृष्ण प्रसाद अर्याल, धन बहादुर थापा, तिलक राम ढकाल, समिक्षा बराल सिंजापती लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सस्थाका उपाध्यक्ष शुशिला भुसाल ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाको सचिव पिताम्बर चापागाईंले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

