Rashtriya Dainik

अब मरेका मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिने डाक्टरको दाबी

के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्।

बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका छन्। उनले रोबोटिक्स, स्टेम सेल प्रत्यारोपण र शक्तिशाली शल्यक्रिया गर्ने प्रविधिको विकास भएका कारण यो सम्भव हुन सक्ने दाबी गरेको समाचारमा उल्लेख गरिएको छ।

सन् २०१७ मा एक चिनियाँ साइन्टिस्टले एउटा सफल टाउको प्रत्यारोपण गरेको दाबी गरेका थिए। जिआओपिङ रेन नामका एक साइन्टिस्टले एक मृ त व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा सफल प्रत्यारोपण गरेका थिए।

चीनको हार्बिन मेडिकल यूनिभर्सिटीमा गरिएको उक्त शल्यक्रिया १८ घण्टा चलेको थियो। शल्यक्रियापछि स्पाइन, नब्र्स तथा ब्लड वेसल्सको रिकनेक्ट गरिइएको थियो।

डेली मेलको रिर्पोटका अनुसार डा म्याथ्युका अनुसार प्रत्यारोपका क्रममा यदी ब्रेन र स्पाइनल कार्ड साथमा राख्यो भने असम्भव हुँदैन्। यदी यो सम्भव भयो भने जुन व्यक्तिको हात खुट्टा काटिएको छ वा शरीर पूरै खराब भएको छ भने त्यस्ता व्यक्तिका लागि फाइदाजनक हुने गर्दछ। साथै म’रिसकेका व्यक्तिलाई पनि जिउँदो बनाउन सकिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित