Rashtriya Dainik

नवलपरासीमा सडक दुर्घटनामा मृत्यु, शव सनाखत हुन सकेन

राष्ट्रिय दैनिक / नवलपरासी ,३१ भदौ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ बकेनवा नजिक हुलाकी सडक खण्डमा आइतबार राति मोटरसाइकल दुर्घटनामा परेका एक पुरुषको मृत्यु भएको छ।

मिति २०८२ भदौ २२ गते राति करिब १०:१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ८८ प २३३२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। घाइते चालकलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल परासी लगिएकोमा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतकको नाम, थर र ठेगाना अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टम तथा सनाखतका लागि पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा राखिएको छ।

प्रहरीका अनुसार मृतक करिब २९–३० वर्ष उमेरका, करिब ५ फिट ५ इन्च उचाइ भएका, तराई मूलका जस्तो देखिने पुरुष हुन्। उनले दुर्घटनाको बेला कालो रङको टी–शर्ट र खैरो पाइन्ट लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय नवलपरासीले मृतकलाई चिनेका वा आफन्तलाई जानकारी गराउन अनुरोध गर्दै सम्पर्कका लागि हटलाइन १००, ०७८–५२०१९९ वा ९८५७०९१२०० मा फोन गर्न आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित