आरपि उपाध्याय / त्रिवेणी ,३० भदौ
पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ र ७ को Gen-Z र देशप्रेमी युवाहरुको संयुक्त आयोजनामा त्रिवेणी दुम्किबास सडक निर्माण गर्न सम्पुर्णमा सार्वजनिक रुपमै आह्वान भएको छ।
त्रिवेणीको मिलनचोकबाट सोमबार दिउँसो निस्केको युवाहरुको रेलीले बहुचर्चित त्रिवेणी दुम्किबास सडक निर्माण गर्न सम्पुर्ण वडा बासीहरुमा अपिल गर्दै असोज २ गते कोटीहोम स्थित प्रतीक्षालयमा जम्मा भइ सडक निर्माणका लागि सफाइ अभियान गर्न सबैमा अनुरोध गरिएको हो। उनीहरूले त्रिवेणी,शिवपुरगढी,गण्डक ब्यारेज पुल, रानीनगर बजार,प्रसैया हुँदै त्रिवेणीसम्म परिक्रमा गर्दै सबैमा बाटो निर्माणका लागि अनुरोध गरेका थिए।
युवाहरूले विनयी त्रिवेणी वडा न.६ र ७ परिक्रमा गर्दै “या त त्रिवेणी दुम्किबास बाटो जोड,होइन भने लुम्बिनी प्रदेशमा छोड” भन्ने नारा पनि लगाएका थिए।
युवाहरुले त्रिवेणी दुम्किबास सडक निर्माण गर्न विगत निर्वाचनको समयमा राजनीति दलका नेताहरुबाट चुनावी मुख्य एजेन्डाको रुपमा प्रस्तुत गरेर जनता ढाट्ने कार्य गर्दै आएकोमा अब उप्रान्त उक्त सडक सफाइ गर्न सम्पुर्ण न्यायप्रेमी जनताहरु हातमा हसिया र कोदालो लिइ बाटो बनाउन आग्रह गरिएको युवाहरुको अगुवा अमर भट्टराई क्षेत्रीले जानकारी दिनुभयो।

स्मरणीय छ,त्रिवेणी दुम्किबास सडक निर्माण गर्न मुक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यको नेतृत्वमा २०६५ सालमा हजारौ सङ्ख्याका नागरिकहरुले जङ्गल सफा गरि बाटोको ट्र्याक खोलिएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

