बिनोद निगम / नवलपरासी , २९ भदौ
पश्चिम नवलपरासीको करदाता सेवा कार्यालय परासीले अस्थायी रूपमा आफ्ना सम्पूर्ण सेवाहरू बन्द गरेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा २४ गते कार्यालयमा तोडफोड र महत्वपूर्ण जिन्सी सामान लुटपाट भएको थियो।

घटनापछि कार्यालयको भौतिक संरचना र कामकाजमा अवरोध पुगेको कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि सम्पूर्ण सेवा स्थगित गरिएको कार्यालयले जनाएको छ।
करदाता सेवा कार्यालय परासीले करदाताहरू र सेवाग्राहीहरूलाई यो अवधिमा धैर्य राख्न र आगामी सूचना सार्वजनिक हुनेबित्तिकै जानकारी लिएर मात्र सेवामा उपस्थित हुन आग्रह गरेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायले घटनाबारे अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाएको र कार्यालय सञ्चालनमा ल्याउन तयारी भइरहेको जनाइएको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

