काठमाडौं ,२९ भदौ । एसीसी एसिया कपमा श्रीलंकाले विजयी सुरुआत गरेको छ । शनिबार राति अबुधाबीमा श्रीलंकाले बंगलादेशविरुद्ध ६ विकेटको सहज जित निकालेको हो ।
बंगलादेशले प्रस्तुत गरेको १४० रनको लक्ष्य श्रीलंकाले १४.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाको जितमा पथुम निसांकाले सर्वाधिक ५० रन बनाए । कामिल मिसाराले ४६ र र कप्तान चरिथ असलंकाले १० रन जोडे ।
बंगलादेशका मेहदी हसनले दुई विकेट लिए । तान्जिम हसन साकिब र मुस्ताफिजुर रहमानले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३९ रन बनाएको थियो । बंगलादेशका सहमिम हुसैनले ४२ रन बनाए । जाकेर अलीले ४१ र कप्तान लिटन दासले २८ रन जोडे ।
श्रीलंकाका वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान थुसारा र थुस्मन्था चमिराले समान एक विकेट लिए ।
प्रतियोगितामा आज बहुचर्चित भिडन्तमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । दुबईमा यो खेल नेपाली समयानुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

