रुपन्देही ,२७ भदौ
शुक्रबार बिहानदेखि रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ। मुलुकमा शान्ति र एकता कायम गर्न भैरहवामा १३ भन्दा बढी संघसंस्थाको समन्वयमा सद्भाव र्याली निकालिएको थियो।
बेलहियाबाट सुरु भएको र्याली डण्डा, आँखा अस्पताल, देवकोटा चोक हुँदै बुद्धचोकमा समापन भएको हो।
समापन समारोहमा प्रमुख जिल्ला अधिकारी डा. टोकबहादुर पाण्डेले तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए।
लुम्बिनी प्रेस क्लब अध्यक्ष कमल रायमाझीले शान्ति र स्थिरताको लागि सबै क्षेत्रको पहल आवश्यक रहेको बताए भने जेन–जी प्रतिनिधि सागर न्यौपानेले अप्रत्याशित घटनाबाट सिक्दै नयाँ नेपाल बनाउन एकजुट हुन आग्रह गरे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

