Rashtriya Dainik

नाकामा सुरक्षा कडाइ, नागरिकसँग परिचयपत्र जाँच

बिनोद निगम / नवलपरासी , २६ भदौ

पछिल्ला घटनाक्रमपछि पश्चिम नवलपरासीका मुख्य नाका सहित अन्य नाकाहरूमा सुरक्षा कडाइ थपिएको छ। सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले नाकामा आवतजावत गर्ने नागरिकहरूसँग सोधपुछ गर्दै परिचयपत्र जाँच गरिरहेका छन्।

जिल्ला प्रशासनले अत्यावश्यक कामबाहेक अन्य कारणमा नाकाबाट प्रवेश–निस्कन रोक लगाएको छ। सुरक्षाकर्मीहरूले हरेक व्यक्तिको नाम, गन्तव्य र कारण समेत सोधपुछ गरेर मात्रै आवतजावत अनुमति दिइरहेका छन्।

स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रियताले नाकामा अनुशासन कायम भएको प्रतिक्रिया दिएका छन्। प्रशासनले आवतजावतमा कडाइ हुँदा सर्वसाधारणलाई केही असुविधा भए पनि सुरक्षाको दृष्टिकोणले यो आवश्यक भएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित