काठमाडौं ,२६ भदौ – नेपाल प्रहरी प्रधान कार्यालयले हालैका दिनमा प्रहरी कार्यालय, इकाई तथा कारागार कार्यालयमा भएको तोडफोड र आगजनीका घटनापछि भागेका तथा निस्केका अभियुक्त र कैदीबन्दीलाई तत्कालै नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
जेनजी आन्दोलनका क्रममा कारागार र हिरासत तोडफोड भएपछि अदालतबाट सजाय तोकिएका कैदी तथा अनुसन्धानका क्रममा रहेका अभियुक्तहरू विभिन्न स्थानबाट बाहिरिएका थिए।
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ –
“भागेका र निस्केका अभियुक्त तथा कैदीबन्दीहरुले सम्बन्धित जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाई वा अन्य सुरक्षा निकायको कार्यालयमा तत्काल सम्पर्कमा आउनुहुन अनुरोध गरिन्छ।”
यसैबीच, काठमाडौंको डिल्लीबजार कारागारबाट बाहिरिएका रास्वपाका सभापति रवी लामिछाने पनि यस सूचनाअनुसार सुरक्षा निकायको सम्पर्कमा जानुपर्ने उल्लेख गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

