उमेश बि.क / नवलपरासी ,१० फाल्गुन
पश्चिम नवलपरासीमा धमाधम कुखुरा मर्न थालेपछि किसानहरु चिन्तामा परेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा कुखुरा पालन गरिरहेका किसानहरु यसरी कुखुरा मर्न थालेपछि निकै चिन्तित बनेका छन । निकै दुख्ख गरेर पालेका लाेकल कुखुरा र हासहरु मरेपछि करिब २५ हजारकाे क्षति भएको सरावल गाउँपालिका वाड नं. ३ का राजेन्द्र बि.क ले गुनासो गरे । र सरावल ३ की काैशिल्या बि.क काे करिब १५ वटा कुखुरा र हास मरेपछि दुख ब्यक्त गर्नुभएको छ।

त्यस्तै सत्यनारायण चाैधरीले पालन गरेको लाेकल कुखुरा र हास एकैदिन १० देखि २० सम्म मरेका छन् । विभिन्न ठाउबाट संकलन गरेर ल्याएका कुखुराहरु एकैरात मर्दा आफुलाई निकै चिन्तित बनाएको चाैधरीले बताए ।

त्यस्तै रामग्राम नगरपालिका वडा ६ घाेडपालिकाे माेतिलाल गुप्ता र सुमित्रा बिश्वकर्माले घरमै पालन गरेको लाेकल कुखुरा र हासहरु धमाधम मर्न थालेपछि चिन्ता ब्यक्त गर्नुभएको छ । अाफुहरुले पालेको ठुलठुला लोकल कुखुराहरु एकैरातमा सखाप भएपछि निकै ठुलो नोक्सान भएको बताएछन ।
उता सुनवल नगरपालिकाकी सबिना भुषालकाे पनि १८ वटा लोकल कुखुरा एकैपटक मरेका छन् ।

त्यस्तै बर्दघाट नगरपालिकाकाे लक्ष्मि पाण्डेय आफुले पालेका २५ ओटा कुखुरा मरेको जानकारी दिनुभएको हाे । जिल्लाका अन्य ठाउँमा पनि कुखुराहरु मर्न थालेका छन । दिनहुँ कुखुरा मर्न थालेपनि सम्बन्धित निकायले चाँसो नदेखाएको स्थानीयहरु गुनासो ब्यक्त गरेका छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

