Rashtriya Dainik

पश्चिम नवलपरासी कारागारमा कैदीबन्दीको कब्जा, स्थिति तनावग्रस्त

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ भदौ

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित कारागारमा कैदीबन्दीले पूर्ण कब्जा गरेका छन्। बिहानैदेखि उत्पन्न तनाव क्रमशः उग्र बन्दै गएपछि कारागार परिसर अहिले युद्धभूमि सरह देखिएको छ।

स्रोतका अनुसार कैदीहरूले भित्रै टायर बालेर आगजनी गरेका छन् भने ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएका छन्। बैठकमा बोलाइएको भन्दै प्रवेश गरेका ६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीमध्ये केहीलाई नियन्त्रणमा लिइएको पुष्टि भएको छ।

कारागारमा ५ सयभन्दा बढी कैदीबन्दी रहेका कारण परिस्थिति थप संवेदनशील बनेको छ। सम्भावित दुर्घटना रोक्न अहिले कारागार बाहिर ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ।

सुरक्षाकर्मीहरूले “कानून हातमा नलिनुहोस्” भन्दै कैदीलाई माइकमार्फत सचेत गराइरहेका छन्। तर तनाव बढ्दै गएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायर समेत गरेका छन्। अहिले कारागार क्षेत्र पूर्ण रूपमा घेराबन्दीमा छ र वरिपरि त्रास र असुरक्षाको वातावरण छाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित