Rashtriya Dainik

नवलपरासीमा सुरक्षा कडा, नेपाली सेनाद्वारा घरबाहिर नजान अनुरोध

बिनोद निगम / नवलपरासी ,२५ भदौ

नवलपरासी पश्चिम जिल्ला भित्र सुरक्षा अवस्था कडा बनाइएको छ। नेपाली सेनाले स्थानीयवासीहरूलाई बिना कुनै आवश्यक काम घरबाहिर नजान अनुरोध गरेको छ। सेनाले सडक र गल्लीहरुमा निरन्तर गस्ती गर्दै सुरक्षा सुनिश्चित गरिरहेको छ।

नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल (APF) को संयुक्त टोलीले प्रमुख चोक, सडक तथा गल्लीहरूमा गस्ती बढाएको छ। सुरक्षा निकायहरूले स्थानीय जनतालाई शान्ति कायम राख्न र कुनै पनि असामाजिक गतिविधिबाट टाढा रहन चेतावनी दिएका छन्।

स्थानीय प्रशासनले पनि सबैलाई सुरक्षा निर्देशहरू पालन गर्न आग्रह गरेको छ र आवश्यक बाहेकका यात्रा नगर्न अनुरोध गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित