Rashtriya Dainik

नवलपरासीमा जेनजीको उग्र आन्दोलन : सातै पालिकामा तोडफोड र आगजनी, कर्फ्यु जारी

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ भदौ

नवलपरासीमा नयाँ पुस्ताका युवा (जेनजी)हरुले मङ्गलबार बिहान १० बजेदेखि सुरु गरेको प्रदर्शन उग्र बनेको थियो। जिल्ला प्रशासन कार्यालयसहित सरकारी तथा पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोड र आगजनी भएका छन्।

रामग्राम नगरपालिकामा स्कार्पियो र दुई मोटरसाइकलमा आगजनी, पाल्हिनन्दन गाउँपालिकामा भवनको सिसा, ट्याक्टर तोडफोड र टायर बालिएको छ। सुनवल, बर्दघाट, सुस्ता, सरावल र प्रतापपुरमा समेत सरकारी तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएका छन्।

आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका कार्यालयमा पनि तोडफोड र आगजनी गरेका छन्। सांसद विनोद चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेश त्रिपाठी, सुनवल मेयर बिमला अर्याल, पाल्हिनन्दन अध्यक्ष वैजु प्रसाद गुप्ता लगायत नेताहरूको घरमा समेत क्षति पुर्‍याइएको छ।

स्थिति नियन्त्रणका लागि प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको र नेपाली सेना समेत परिचालन गरिएको छ।
जिल्लाभर मङ्गलबार राति १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको विज्ञप्तिमा उल्लेख छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित